फागुन ६,काठमाडौँ । कोरोना बिमा भुक्तानीमा सरकार उदासिन भैरहेको बेला संसदीय समितिमा नेपाल बीमक संघले पत्राचार गरेको छ । निर्जिवन बीमा कम्पनीहरूको छाता संगठन (नेपाल बीमक संघ) ले कारोना बीमाको रकम पाउने आशमा आम जनता सरकारको मुख ताकेर बसेको भन्दै बाँकि रकम भुक्तानी गरिदिन आग्रह गर्दै संसदीय समितिमा निवेदन पेश गरेको छ ।
कोरोना बीमाको दावी भुक्तानी नपाउँदा बीमा कम्पनी प्रतीको विश्वसनीयतामा ठूलो धक्का लागेको भन्दै नेपाल बीमक संघले संसदीय समितिमा निवेदन पेश गरेको संघले जनाएको छ । सरकारले कोरोना बीमाको पैसाको बिषयमा कुनै ठोस निर्णय नदिँदा कम्पनी र बीमित दुबै अन्यौलमा परेका छन् ।
केही समयअघि पुन डकुमेन्ट हेरेर मात्रै रकम भुक्तानी गर्ने बिषयमा अर्थमन्त्रीले एक कार्यक्रममा अभिव्यक्ति दिएका थिए । तर हालसम्म पनि कुनै निर्णय नदिँदा निर्जीबन बीमा कम्पनीका सीईओहरूको छाता संस्था नेपाल बीमक संघले सरकारलाई झक्झकाएको हो ।
संघले आम सर्वसाधारण, कानून बमोजिम दर्ता भएका कम्पनी संस्थाहरूको अन्तिम विश्वासको केन्द्र भनेको देशको सरकार नै रेको भन्दै देशको सरकारको वचनबद्धता समेत पालन नभएमा कसको विश्वास गर्ने भन्ने प्रश्न उब्जिएको छ र आज आम नागरिकहरू सरकारको मुख ताकेर बसिरहेको बिष्यामा सरकारलार्य ध्यानाकर्षण गराएको छ ।