सेयर बजार राताम्मे ! ३ अर्ब ७७ करोडको कारोबार

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० फागुन ६, आईतबार (१ साल अघि)
  • ३३ पटक पढिएको
Post Thumbnail

फागुन ६,काठमाडौँ । सेयर बजार राताम्मे भएको छ । बजार मापन गर्ने सूचक २७.२१ अंकले घटेर परिसूचक २०३४.८२ बिन्दु कायम भएको छ । कारोबारको सुरुदेखि नै बजारमा देखिएको गिरावट अन्तिम समयसम्म पनि कायमै रह्यो । ३१५ कम्पनीको १ करोड ७ लाख ७२ हजार ४८३ कित्ता सेयर ३ अर्ब ७७ करोड ५४ लाख २२ हजार १९६ रुपैयाँको सेयर किनबेच भएको छ ।

बजार राताम्मे बन्दा बैंकिङ समूहको उपसूचक ७.३२, विकास बैंक ६९.३१, वित्त ४९.६९, होटल ६१.७५, जलविद्युत ५८.३०, जीवन बिमा १३९.४७, उत्पादन तथा प्रशोधन ३९.०८, माइक्रोफाइनान्स ३८.९४, निर्जीबन बिमा समूहको उपसूचक २०६.३९ अंकले घटेको छ ।

कारोबारमो २१ कम्पनीको सेयर मूल्य बढेको छ भने २२५ कम्पनीको घटेको छ । कारोबारमा बजार राताम्मे हुँदा पनि बोटलर्स नेपाल बालाजु र समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस