‘बैंकिङ प्रणालीमा सर्वसाधरणको निक्षेप सुरक्षित छ, ढुक्कले कारोबार गर्नुस्’ : राष्ट्र बैंक

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० फागुन ८, मंगलबार (१ साल अघि)
  • ३५ पटक पढिएको
Post Thumbnail

फागुन ८, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको सञ्चालन तथा स्थायित्वका सम्बन्धमा केही व्यक्ति र समूहले भ्रामक अभिव्यक्ति र दुष्प्रचार गरेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आज एक विज्ञप्ति जारी गरेर राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूप्रति भइरहेको भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै सर्वसाधारणको निक्षेप सबै बैंक तथा वित्तीय संस्थामा पूर्णरूपमा सुरक्षित रहेको स्पष्ट पारेको छ ।

राष्ट्र बैंकले बैंकिङ प्रणालीमा सर्वसाधारण निक्षेपकर्ताको पैसा सुरक्षित रहेको हुँदा ढुक्कसँग नियमित कारोबार गर्न लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई आग्रह गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस