सुनको भाउ ४ सय रुपैयाँ घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० फागुन १०, बिहिबार (१ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

फागुन १०, काठमाडौँ । बिहीबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख १८ हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

बिहीबार भने १ लाख १८ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ । चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा १ हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १ हजार ४०० रुपैयाँ कायम भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस