जसपालाई समेटेर मन्त्रिपरिषद विस्तार गर्दै प्रधानमन्त्री दाहाल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन २७, आईतबार (१ साल अघि)
  • १६ पटक पढिएको
जसपालाई समेटेर मन्त्रिपरिषद विस्तार गर्दै प्रधानमन्त्री दाहाल

फागुन २७, काठमाडौँ । जनता समाजवादी पार्टी जसपा नेपालका दुई मन्त्री र एक राज्यमन्त्रीले आज शपथ ग्रहण गर्दैछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी जसपालाई समेटेर आज मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् ।

जसपा पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी हुँदैछ । यादवले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री सम्हाल्ने छन् । जसपाका अर्का नेता नवलकिशोर साहलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । जसपाकै दीपक कार्की स्वास्थ्य राज्यमन्त्री हुनेछन् । उनीहरुले आज शपथ ग्रहण गर्ने भनिए पनि समय निश्चित भइसकेको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस