हार्ने निश्चित भएका युवराज शर्मा भन्छन्-‘निर्वाचित भए सभाको गरिमा बढाउने काम गर्थेँ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन २८, सोमबार (१ साल अघि)
  • २० पटक पढिएको
हार्ने निश्चित भएका युवराज शर्मा भन्छन्-‘निर्वाचित भए सभाको गरिमा बढाउने काम गर्थेँ’

फागुन २८, काठमाडौँ । नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभा अध्यक्ष पदका उम्मेदवार युवराज शर्माले आफू निर्वाचित भए सभाको गरिमा बढाउने काम गर्ने बताएका छन् ।

सोमवार राष्ट्रिय सभा अध्यक्ष पदको उम्मेदवारी दिएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उम्मेदवार शर्माले आफू निर्वाचित भएमा सभाको गरिमा बढाउने काम गर्ने बताएका हुन् ।

उनले आफूले सभाको गरिमा घटाउने काम नगर्ने बताए । आफ्नो लामो राजनीतिक यात्रा रहेको र शिक्षामा पनि आफू अरुभन्दा कमजोर नभएको भन्दै संसदीय नियममा रहेर काम गर्ने उनको भनाई छ । उम्मेदवार शर्माले कांग्रेस सांसद आनन्दप्रसाद ढुंगानाको प्रश्ताव र काँग्रेस सांसद किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टीका सांसद शेखरकुमार सिंहको समर्थनमा उम्मेदवारी दर्ता गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस