कलंकीको भाटभटेनी सुपरमार्केटमा आगलागी ! (हेर्नुस भिडियो)

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०८० चैत्र ३०, शुक्रबार (१ साल अघि)
  • ५६ पटक पढिएको
कलंकीको भाटभटेनी सुपरमार्केटमा आगलागी ! (हेर्नुस भिडियो)

चैत्र ३०,काठमाडौँ । राजधानीको कलंकीस्थित भाटभटेनीमा भएको आगलागी नियन्त्रणमा आएको छ । शुक्रबार साँझ भएको आगलागी दमकलको सहयोगमा नियन्त्रणमा लिइएको हो ।

जेनेरेटर राख्ने स्थानबाट आगलागी सुरु भएको थियो भने केही समयपछि आगो निभाउन सकिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार आगलागीबाट जेनेरेटरमा क्षति पुगेको छ भने त्यस आसपासका क्षेत्रमा पनि केही क्षति पुगेको छ । समयमा आगो निभाउन सक्दा थप क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस