राष्ट्रिय सभा : प्रदेश २ मा नेकपाकी तुलसा दाहाल विजयी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ माघ ९, बिहिबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

माघ ९, जनकपुर । राष्ट्रिय सभाको प्रदेश २ को महिलातर्फ नेकपाकी तुलसा दाहाल विजयी भएकी छन् । नेकपा राजपाकी संयुक्त उमेदवार तुलसाले बिहीबार भएको मतदानमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी नागिना यादवलाई पराजित गरेकी हुन् ।

तुलसाले स्थानीयतर्फ स्‍थानीय तहतर्फ १४० मत ल्याएकी छन् भने प्रदेशतर्फ ५६ मत ल्याएकी छन् । उनको कुल मतभार ५२०८ प्राप्त गरेकी छन् । त्यसैगरी कांग्रस उमेदवार नागिनाले स्थानीयतर्फ १३० ल्याएकी छन् भने प्रदेशतर्फ ५० मत ल्याएको छ । उनले कुल मतभार ४७४० प्राप्त गरेकी छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस