नेकपा अध्यक्षद्धयसंग प्रवासी नेपाली एकता मंच भारतका नेताको भेट, एकतालाई पुर्णता दिन ध्यानाकर्षण

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ माघ १५, बुधबार (५ साल अघि)
  • १०१ पटक पढिएको
Post Thumbnail

माघ १५,काठमाडौँ । प्रवासी नेपाली एकता मंच भारतले प्रवासका राजनीतिक तथा सांगठनिक समस्या लिएर नेकपा अध्यक्षद्धय प्रचण्ड र केपी ओलीलाई भेटेको छ । (प्रवासका संयोजक लोकनाथ भण्डारी र सह–संयोजक ईश्वरी भण्डारीको नेतृत्वमा पुगेको टीमले नेकपा अध्यक्षद्वय ओली र प्रचण्डलाई ज्ञापन पत्रसमेत बुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटार काठमाण्डौमा दुवै अध्यक्षलाई उनिहरुले ज्ञापनपत्र बुझाएका हुन् । भारतका सबै राज्यबाट आएका करीब ३३ जनाको समुहलाई अध्यक्षद्वयले स्वागत गर्दै ज्ञापन पत्रमा उठाएका बिषयप्रति आफुहरु सदैब सकारात्मक रहेको र हर–सम्भव छिटो छरितो काम गर्न सम्बधित पक्षलाई निर्देशन दिने आश्वासन दिएका छन् । मञ्चले प्रवासमा रहेको संगठनको एकताको सवालमा अध्यक्षद्धयसंग चिन्ता प्रकट गरेको छ । उनिहरुले छिट्टै प्रवासमा रहेका पुर्व एमालेनिकट र पुर्व माओवादीनिकट संगठनलाई एकताबद्ध बनाउन आग्रह गरेको बुझिएको छ ।

अहिलेसम्म नेकपाको सबै जन जनवर्गीय संगठन एकता भइसकेको छ । तर प्रबास कमिटी एकीकृत भएको छैन । पहिले भारतमा आन्तरिक रूपमा पार्टी नरहने भएपछि प्रवासी मञ्चको हसियत किटान भएको छैन भारत देखि दुबै संगठन २६ गते नेपाल काठमाडौं पुगेका थिए । प्रबासी नेपाली एकता मंच भारतका विभिन्न २२ राज्य बिस्तार भएको छ । यसका २० हजारभन्दा बढी सदस्य रहेको बताइएको छ । मंचको एकता प्रक्रियामा ढिलाई हुन गइरहेका कारण आम प्रबासीहरु साङगठनिक गतिबिधिहरुमा देखापर्न थालेको निराश तथा सांगठनिक कार्यमा देखिएका शिथिलता बारे चिन्तित भएका छन । आफ्नो आर्थिक तथा पारिवारिक समस्याले भौतारिदै प्रवासीको भुमिकामा रहेर सांगठनिक माध्यमबाट प्रवासमा रहेका नेपालीहरु बिचको समस्या समाधान गर्न प्रवासी मञ्च सक्रिय रहेको छ । उनिहरुले देशको राजनिती परिवर्तनमा समेत अहम भुमिका निभाएका छन । अहिले सांगठनिक गतिबिधि क्रियाकलापहरु ठप्प बन्न पुगेका छन । भारतमा पुर्व प्रवासी नेपाली संघ भारत र अखिल भारत नेपाली एकता मञ्चले एकताले पुर्ण रुप नलिएपनि निरन्तर हातेमालो र सहकार्य गरेर अघि बढिरहेका छन ।

भारतमा प्रबासी नेपाली आन्दोलनको इतिहास आधा शताब्दी भन्दा पनि लामो छ । मुलुकको राजनितिक तथा आर्थिक परिबर्तनमा समेत ठुलो योगदान रहेको छ । प्रबासी नेपालीहरूले आफ्नो प्रबासी अधिकारलाई भन्दा मुलुकको राजनीतिक परीबर्तनलाई बढ़ी महत्व र योगदान पुर्याएक़ा छन । विगतमा नेपालका विभिन्न राजनितिक दलका नेताहरुले भारत प्रवासमा भुमिगत वा निर्वासित जीबन बिताउँदा , प्रवासको जिम्मेवारीमा रहंदा अधिकारको लागी सँघर्ष गर्न सिकाए । प्रवासीहरु पनि आफ्नो गाँस र छाक काटेर मुलुकको आन्दोलनलाई सहयोग पुर्याए । यतिबेला दलहरुले प्रवासमा रहेका संगठनहरुलाई उपयोग मात्र गरेको आरोप उनिहरुले लगाइरहेका छन । विगतको इतिहासलाई हेर्ने हो भने सुदुरपश्चिम प्रदेशका मुख्य मन्त्री प्रवासी सगठनका एक सदस्य थिए । नबौं महाधिबेसन सम्पन्न भएको यतिका बर्षसम्म पनि भारत प्रवास परिचालनको नीति तय भएको छैन । अब एकतापछि यसको सम्बन्धमा केही निर्णय हुने उनिहरुको अपेक्षा रहेको छ ।

बदलिदो परिवेशमा भारत प्रवासमा पार्टी कमिटी नरहेपनि भारतमा कार्यरत नेता ,कार्यकर्ताको सही मूल्याँकन गर्नुपर्ने उनिहरुको तर्क छ । उनिहरुले केही बुँदामा आफ्नो ध्यानाकर्षण समेत गराएका छन । तुरुन्तै दुई संगठनको एकता हुनुपर्ने ,पार्टीले भारत प्रवास संघको केन्द्रिय समितीलाई प्रदेश कमिटी सरहको मान्यता दिइनुपर्ने , पार्टीले २ सय संगठित सदस्यता भएको राज्य कमिटीलाई जिल्ला कमिटीसरह मान्यता दिनुपर्ने उनिहरुको धारणा छ ।

ताजा अपडेट

खोजी गर्नुहोस