साउन ७, काठमाण्डौ । अब भदौ सात गते भित्र कर तिरिसक्नु पर्ने भएको छ । सर्बोच्चको आदेशअनुसार लकडाउन खुलेको ३० दिनभित्र कर बुझाउन मिल्ने गरी यस्तो उर्दी जारी भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा मंगलबार मध्यरातदेखि लकडाउन पूर्णरुपमा अन्त्यगर्ने निर्णय भएको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए सँगै अब व्यवसायीले कर तिर्ने समय भदौ सातसम्म तोकिएको हो ।
यसअघि सरकारले भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय र आन्तरिक उडान समेत खोल्ने निर्णय गरिसकेको छ । यद्यपी अन्तर्राष्ट्रिय सीमा भने साउन ३२ गतेसम्मलाई स्थगित गर्ने निर्णय भएको छ । नेपालमा कोरोनाको जोखिम बढेको भन्दै चैत्र ११ गतेदेखि देशभर लकडाउन जारी गरिएको थियो ।