सुन चाँदीको भाउले रच्यो ईतिहास, कतिमा हुदैछ कारोबार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ श्रावण ७, बुधबार (४ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

साउन ७, काठमाण्डौ । आज बुधबार सुन चाँदीको मूल्यले ईतिहाश रचेको छ । मंगलबार ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १३ सय रुपैयाँले बढेर ९४ हजार रुपैयाँ पुगेको छ । तेजावी सुन पनि आज तोलामा १३ सय रुपैयाँले नै बढेर ९३ हजार ५६० रुपैयाँ पुगेको छ ।

चाँदी पनि आज बुधबार तोलामा ९५ रुपैयाँले बढेको छ । चाँदी आज प्रति तोला ११ सय ३५ रुपैयाँमा कारोबार भैरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८० हजार ५९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८० हजार २१५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ९७३ रुपैयाँ कायम गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस