सरकारले नै खोलिदियो कर्णालीका ६ हजार छोरीको बैंक खाता

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ श्रावण १०, शनिबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

साउन १०, काठमाण्डौ ।  कर्णाली प्रदेशका छोरीको आर्थिक, सामाजिक सुरक्षा गर्न प्रदेश सरकारले सुरु गरेको ‘बैंक खाता छोरीकोः सुरक्षा जीवनभरीको’ कार्यक्रम मार्फत ६ हजार छोरीको बैंक खाता खोलिएको छ। प्रदेश सरकारले छोरीमाथि हुने विभेद हटाई आर्थिक र समाजिक सुरक्षा दिन गत वर्ष उक्त कार्यक्रम ल्याएको खबर आजको गोरखापत्र दैनिकमा सुर्खेतबाट मुना हमालले लेखेकी छन्। सामाजिक विकास मन्त्रालयका अनुसार पाँच हजार नौ सय ४५ छोरीको बैंक खाता खालिएको हो।

प्रदेश सरकारले छोरी २० वर्ष नपुग्दासम्म पहिलो महिना एक हजार र मासिक पाँच सय रुपैयाँ जम्मा गरिदिने गरेको छ। २० वर्षमा एक छोरीको खातामा एक लाख २० हजार रुपैयाँ जम्मा हुन्छ।

ताजा अपडेट

खोजी गर्नुहोस