साउन १८, काठमाडौं । सुनको मूल्य फेरि बढेको छ । सुनको भाउ बढेर आज तोलाको ९९ हजार ६ सय रूपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा ३ सय रूपैयाँले बढेको हो । शुक्रबार सुनको मूल्य प्रतितोला ९९ हजार ३ सय रूपैयाँ तोकिएको थियो ।
चाँदीको मूल्य प्रतितोला २५ रूपैयाँले बढेको छ । चाँदी प्रतितोला १२ सय ३० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।