साउन १९, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करलाई सात दिनभित्र अनिवार्य रूपमा कम्पनीमा दर्ता हुन निर्देशन गरेको छ । बाग्मती पेट्रोलियम डिलर्स एसोसिएसनले कम्पनीमा दर्ता नभएका ट्याङ्करबाट ढुवानी नगर्ने बताएपछि निगमले एक हप्तामा भ्याट बिजक जारी गर्न निर्देशन दिएको हो ।
पेट्रोलियम डिलर्स एसोसिएसनले कम्पनीमा दर्ता नभएका ट्याङ्करबाट पेट्रोलियम पदार्थको ढुवानी नगर्ने भएको छ । भ्याट वा पान बिल नदिई ढुवानी भुक्तानी गर्दा आफूहरूलाई कर प्रणालीमा समस्या भएको भन्दै एसोसिएसनले उक्त निर्णय गरेको जनाइएको छ । सरकारले आर्थिक वर्ष २०७५÷७६ को वार्षिक बजेटमार्फत ढुवानी सेवा कम्पनीमा दर्ता हुनुपर्ने व्यवस्था गरेको थियो तर ट्याङ्करमा पूर्ण लागू हुन सकिरहेको छैन ।
बाग्मती पेट्रोलियम डिलर्स एसोसिएसनले आइतबार विज्ञप्तिमार्फत नेपाल आयल निगमको पनि ध्यानाकर्षण गरेको छ । जसले बिल दिनसक्छ । त्यही ट्याङ्करबाट मात्र ढुवानी गर्ने एसोसिएसनले जनाएको छ ।