गायक अनुप गुरुङको गल्ती सार्वजनिक (भिडियोसहित)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७७ मंसिर ६, शनिबार (४ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

काठमाण्डौ । गौरव पहारी अभिनित गायक अनुप गुरुङको गल्ती बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । पप भर्सनको यस गीतमा स्वर , शब्द र संगीत गायक अनुप गुरुङको रहेको छ ।

गीतमा जेनरिस्क म्युजिकको संगीत संयोजन रहेको छ । प्रेम सम्बन्धमा हुने गल्तीहरूको कथा प्रस्तुत गरिएको म्युजिक भिडियोमा गौरव पहारीको साथमा सैयारा लामा फिचर्ड छन् । भिडियोमा आरजे गुरुङले छायांकन रहेको छ । राम आईडु सहायक निर्देशक रहेको यस भिडियोलाई बाल कुमार मगरको सम्पादन र निर्देशनमा तयार पारिएको हो । ओएसआर डिजिटल मार्फत भिडियो सार्वजनिक भएको हो । हाल हंगकंगमा रहेका गायक गुरुङले विदेशी भूमिबाटै आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस