युद्ध र क्रान्तिले चुमे द फेसको उपाधि

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७७ माघ २७, मंगलबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

माघ २७ काठमाडौं । ‘द फेस’को उपाधि पुरुषतर्फ युद्ध बानियाँ र महिला तर्फ क्रान्ति चन्दले जितेका छन् ।

व्यवसायिक मोडल जन्माउने उद्देश्यले आयोजित मोडलिङ सम्बन्धी प्रतियोगिता २६ प्रतिस्पर्धीलाई पछि पर्दै युद्ध र क्रान्तिले उपाधि चुमेका हुन् ।

विजेताहरुलाई आयोजक पक्षले विभिन्न फेशन तथा र्‍याम्प शोमा प्रस्तुत गर्नुका साथै मोडलिङ सम्वन्धी अवसर प्रदान गर्नेछ ।
प्रतिस्पर्धामा फस्ट रनरअपको उपाधि कृपा अधिकारी र शीतल श्रेष्ठले, सेकेन्ड रनर अपको उपाधि स्वीकृति प्याकुरेल र हेमन जोशीले जिते ।

प्रतियोगितामा बेस्ट फेन्ड्ली अवार्ड कृपा अधिकारी र हेमन जोशीले, फोटोजेनिक अवार्ड निर्मला धिताल र नारायण प्याकुरेलले, क्याटवाक अवार्ड क्रान्ति चन्द र शीतल श्रेष्ठले, बेस्ट स्किन एन्ड हेयर अवार्ड ब्रबिम श्रेष्ठ र अस्मिता बरालले, बेस्ट फिजिक अवार्ड आशिष गिरी र कृपा अधिकारीले, पब्लिक च्वाईस सँगै बेस्ट फर्सनालिटी अवार्ड युद्ध बानियाँ र सोफिया भण्डारीले, पपुलर च्वाईस अवार्ड सुर्जिना श्रेष्ठ र युद्ध बानियाँले हाँसिल गरे ।

वि क्यान फ्लाई इभेन्ट म्यानेजमेन्ट आयोजना गरेको प्रतियोगिताको निर्णायकहरुमा मोडल सृजना रेग्मी, क्रिकेटर विनोद दास, अग्रज फोटोग्राफर राजभाइ सुवाल थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस