नबिल बैंकद्वारा चेकविना रकम झिक्न सकिने सेवा सुरु

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ श्रावण १५, बिहिबार (४ साल अघि)
  • ३९ पटक पढिएको
Post Thumbnail

साउन १५, काठमाण्डौ ।  नबिल बैंक लिमिटेडले नयाँ पद्धतिको बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यले ‘स्क्यान एन्ड वी ड्र सुविधाको सुरुवात गरेको छ । बैंकले क्युआर कोड स्क्यान गरेर काउन्टरबाट दैनिक १ लाख रुपैयाँसम्म निकाल्न मिल्ने सेवा सुरु गरेको हो ।

हाललाई यो सेवा काठमाडौं उपत्यकाका सबै शाखामा उपलब्ध गराएको बैंकले जनाएको छ । नबिल बैंकले चाँडै यो सेवालाई देशभरिका शाखाहरूमा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

नयाँ सेवाको सुरुवात गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले अब नबिल बैंकका ग्राहकले चेक–एटिएम कार्ड बोक्न बिर्सिए पनि आफ्नो मोबाइल बैंकिङ एपमा लग–इन गरेर बैंक काउन्टरमा भएको क्युआर कोड स्क्यान गरी आफ्नो खाताबाट रकम झिक्न सक्ने बताए ।

कोभिड–१९ संक्रमण त्रासको समयमा सुरक्षित कारोबार गर्न र संक्रमणको जोखिम न्यूनीकरण गर्नका लागि यस पद्धतिमार्फत बैंक कर्मचारी र ग्राहकको सम्पर्क सकेसम्म घटाएको बैंकले जनाएको छ । ग्राहकले क्युआर कोड स्क्यान गर्दा स्वतः ग्राहकको खाताबाट रकम घट्ने र बैंकका कर्मचारीले ग्राहकलाई झिक्न खोजिएको रकम हस्तान्तरण गर्ने जनाइएको छ ।

बैंकले देशभरि १ सय १८ शाखा र १ सय ७८ एटिएममार्फत सेवा दिइरहेको जनाएको छ । देशको पहिलो डिजिटल बैंक बन्ने उद्देश्यले हालै नबिल बैंकले नबिल डिजी बैंकको स्थापना गरेको जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस