शुक्रबार पनि सुन र चाँदीको मुल्यमा वृद्धि,तोलाको एक लाख ३ हजार ५ सयमा कारोबार !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ श्रावण २३, शुक्रबार (४ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

साउन २३, काठमाडौँ । शुक्रबार पनि सुन र चाँदीको मुल्यमा वृद्धि भएको छ । शुक्रबार सुनको मुल्य तोलामा एक हजारले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रति तोला एक लाख ३ हजार ५ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । नेपालमा सुनको यो मुल्य अहिलेसम्म कै उच्च हो ।

यस अघि विहिबार सुन प्रतितोला एकलाख २ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै शुक्रबार तेजावी सुनको मुल्य प्रति तोला एक लाख ३ हजारमा कारोबार भइरहेको छ । त्यसैगरी शुक्रबार चाँदीको मुल्य पनि बढेको छ । महासंघका अनुसार शुक्रबार चाँदी प्रतितोला ६० रुपैयाँले बढेर १ हजार ४०५ मा कारोबार भइरहेको छ । विहिबार चाँदीको मुल्य एक हजार ३४५ प्रति तोला रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस