सोमबार पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ श्रावण २६, सोमबार (४ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

साउन २६, काठमाण्डौ । आज सोमबार सुन चाँदीको भाउ घटेको छ । आईतबार तोलाको १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ २ सय रुपैयाँले घटेर आज १ लाख २ हजार ४ सय रुपैयाँमा आईपुगेको छ । तेजावी सुनपनि आज तोलामा २ सय रुपैयाँले नै घटेर १ लाख १ हजार ९ सय रुपैयाँमा आईपुगेको छ । चाँदीको भाउ पनि आज सोमबार १५ रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १३ सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८७ हजार ७९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८७ हजार ३६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ९६ रुपैयाँ कायम गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस