राष्ट्र बैंकका एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ श्रावण २८, बुधबार (४ साल अघि)
  • ११ पटक पढिएको
Post Thumbnail

साउन २८,काठमाडौँ । नेपाल राष्ट्र बैंकका एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मुद्रा व्यवस्थापन विभाग बालुवाटारमा कार्यरत एक कर्मचारीमा कोरोना पुष्टि भएको हो ।

बुधबार दिनभर राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग सिल गरेर सङ्क्रमित व्यक्तिको नजिकमा रहेर काम गर्नेहरुको पीसीआर जाँच गरिएको प्रवक्ता गुणाकर भट्टले जानकारी दिए ।

राष्ट्र बैँकका सबै कर्मचारीमा कोरोनाको परीक्षण गर्ने तयारी भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस