साउन ३०, काठमाडौँ । सुनको मूल्य शुक्रबार पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुनको मूल्य तोलामा ९७ हजार ८ सय रुपेयाँमा कारोबार भएको थियो ।
तेजाबी सुनको मूल्य तोलामा पनि ८ सय रुपैयाँले बढेर ९८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुनको मूल्य ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य तोलामा १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।