सुनचाँदीको भाउ सामान्य घट्यो, आजको मूल्य कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ श्रावण ३२, आईतबार (४ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

साउन ३२, काठमाण्डौ । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्यमा उतारचढाव आइरहेको छ । बिहीवार ९७ हजार ८ सय रहेको सुनको मूल्य शुक्रवारसम्म आइपुग्दा तोलामा ८ सयले बृद्धि भइ प्रतितोला सुन ९८ हजार ६ सय कायम भइ कारोवार भएको थियो ।

त्यस्तै आज तोलामा २ सयले कमि भइ प्रतितोला सुन ९८ हजार ४ सय कायम भइ कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुनको मूल्य ९७ हजार ९ सय रहेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य १ हजार ३ सय २५ रहेको छ । त्यस्तै शुक्रवार प्रतितोला चाँदी १ हजार ३ सय ५५ कायम भइ कारोवार भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस