भाद्र १, काठमाण्डौ । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडकाबीच गाभ्नेरगाभिने (मर्जर) सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। गाभ्नेरगाभिने (मर्जर) गर्ने सम्बन्धी उक्त समझदारीपत्रमा एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट संस्थाका अध्यक्ष कपिल ढकाल र स्वदेशी लघुवित्त वित्तीय संस्थाको तर्फबाट संस्थाका अध्यक्ष लालमणी जोेशीले हस्ताक्षर गरे।
मर्जर हुने यी दुबै संस्थाहरु नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजत पत्र प्राप्त राष्ट्रियस्तरका संस्थाहरु हुन्।एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाको कर्णाली प्रदेश लगायत मुलुकका विकट पहाडी तथा हिमाली जिल्लाहरुमा समेत गरी कूल १२० शाखा संचालनमा रहेको छ।
स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको नेपालभरी ८५ शाखा संचालनमा रहेका छन्। मर्जरपछि कुल शाखा संख्या २०५ शाखा हुनेछ।