भाद्र २, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा २ हजार २ सयले बृद्धि भएको छ । सोमवार प्रतितोला छापावाला सुनको मूल्य ८ हजार २०० रुपैयाँ प्रतितोलामा कारोवार भएको थियो । भने आज मूल्य बृद्धि भइ प्रतितोला सुन १ लाख ४ सय कायम भइ कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ९९ सय हजार ९ सय रहेको छ । मंगलवार चाँदीको मूल्य १ हजार ३ सय ८० कायम भइ कारोवार भइरहेको महासंघले जनाएको छ ।