हिमालयन रिइन्स्योरेन्सको लाभांश घोषणा, बोनस सेयर कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० माघ २६, शुक्रबार (१ साल अघि)
  • ३८ पटक पढिएको
हिमालयन रिइन्स्योरेन्सको लाभांश घोषणा, बोनस सेयर कति ?

माघ २६, काठमाण्डौँ । हिमालयन रिइन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
कम्पनीको माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश बीमा प्राधिकरणको स्वीकृति पछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन् ।
हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब रूपैयाँ रहेको छ । सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस