माघ २६, काठमाण्डौँ । ‘खल्ती’ ले आतिफ असलम को लाईभ म्युजिकल शो मा एक मात्र आधिकारिक टिकटिङ पार्टनरको रूपमा सम्झौता गरेको छ। तरिस ईन्टरटेनमेन्ट र एम् एन् प्रोडक्सन् सँग सम्झौता गर्दै काठमाडौं म्युजिक फेस्टिभल २०२४ हुन गई रहेको दक्षिण एसियाकै चर्चित आवाज– आतिफ असलम को लाईभ शो मा खल्तीले बक्स अफिस देखि अनलाईन टिकट सेल्सको सम्पूर्ण जिम्मा लिएको छ।
‘काठमाडौं म्युजिक फेस्टिभल २०२४’– चैत्र ३० र वैशाख १ मा काठमाडौंको हायात रिजेन्सी ग्राउन्डमा दिउँसो ४ बजे सुरु हुन गई रहेको छ। खल्ती प्रयोगकर्ताले यस इभेन्टको टिकट सजिलै खल्ती एप मार्फत खरिद गरि आफ्नो ठाउँ समयमै सुनिश्चित गर्न सक्नेछन्। आयोजकका अनुसार नेपाली नयाँ वर्षको अवसरमा हुन लागेको ‘काठमाडौं म्युजिक फेस्टिभल २०२४’मा आतिफ असलम को कन्सर्ट पहिलो दिनको लागि तय गरिएको छ भने दोस्रो दिनमा थप नेपाली र भारतीय प्रख्यात कलाकारहरूको प्रस्तुति रहनेछ । दुबै इभेन्टको टिकट खल्तीमा उपलब्ध छ।
खल्तीले अहिले सम्म छण्ण्ण्+ इभेन्ट÷कार्यक्रमहरूमा आधिकारिक टिकटिङ पार्टनरको रूपमा सहकार्य गर्दै अनलाइन टिकटिङको एक उत्कृष्ट माध्यम बन्न सफल भएको छ। केहि महिना अघि मात्र हायात रिजेन्सी ग्राउन्डमै भएको अरिजित सिंह लाइभ शो मा खल्तीले अनलाइन र बक्स अफिस टिकटिङ को जिम्मेवारी निकै नै सराहनीय ढङ्गले पूरा गरेको थियो । सो टिकटिङ व्यवस्था अनुसार १५०००+ दर्शकले उक्त इभेन्टको हिस्स बन्ने अवसर पाएका थिए। खल्तीले सोही तवर र सहजताका साथ आतिफ असलम को कन्सर्ट रहेको यस म्युजिक फेस्टिभल को टिकटिङ व्यवस्था गरेको छ प्रयोगकर्ताहरूले निर्धक्क भई सुविधा जनक तवरबाट अनलाईन टिकट खरिद गर्न सक्ने कुरामा खल्ती बिश्वस्त छ।
आफ्नो स्वर बेल्टिङबाट परिचित आतिफले तेरे संग यारा, जीना जीना, वो लम्हे वो बातें, जब कोई बात, पहली दफा जस्ता हिट गीत गाएका छन् भने सन् २००८ मा पाकिस्तान सरकारबाट चौथो सर्वोच्च नागरिक सम्मान ‘तमगÞा–ए–इम्तियाजÞ’ बाट सम्मानित भएका थिए। उनको सुमधुर आवाज र गायन क्षमताले ठूलो संख्यामा दर्शक स्रोता मन जित्न सफल भएको छ भने थुप्रै अवार्डहरू पनि कमाएको छ।
यस बारे ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्नुहुन्छ ,
“खल्ती फेरी पनि एम् एन् प्रोडक्सन् सँग टिकटिङ्ग पार्टनरको रूपमा सहकार्य गर्न पाउँदा निकै नै उत्साहित छ। केहि महिना अघि मात्र गराज ईन्टरटेनमेन्ट र एम् एन् प्रोडक्सन् द्वारा आयोजित अरिजित सिंह लाइभ शो मा टिकटिङ्ग पार्टनरको जिम्मेवारी बहन गर्दै उल्लेखनीय सफलता पश्चात हामी फेरी पनि ‘काठमाडौं म्युजिक फेस्टिभल २०२४’ – आतिफ असलम को लाइभ शो को एक मात्र टिकटिङ्ग प्लेटफर्मको रूपमा उपस्थित भएका छौँ । हामीले खल्तीलाई एक इनोभेटिभ तथा युवामैत्री लाइफ स्टाईल ब्रान्डको रूपमा स्थापित गराउने उदेश्य लिएका छौँ र खल्तीले यस्तो किसिमको सहकार्यहरूले हाम्रो उदेश्यलई थप साथ दिने कुरामा आशावादी छौँ। यसै उद्देश्यलाई निरन्तरता दिँदै हामीले प्रयोगकर्ताहरूलाई सहज र झन्झट मुक्त तरिकाले टिकट खरिद गर्ने सेवा हाम्रो प्लेटफर्म मार्फत उपलब्ध गराएका छौँ र बढि भन्दा बढि प्रयोगकर्ताहरूले यस सुविधा बाट लाभ लिनु हुनेछ भन्ने अपेक्षा राखेका छौँ ।”
क्ष्क्इ द्दठण्ण्ज्ञ ः द्दण्ज्ञघ बाट मान्यता प्राप्त साथै ध्क्ष्त्क्ब् न्यिदब िक्ष्ललयखबतष्यल ७ त्भअज भ्हअभििभलअभ ब्धबचमक द्दण्द्दद्द र देशकै सबै भन्दा बढि डिजिटल भुक्तानि कारोबार गर्ने भुक्तानी सेवा प्रदायक द्दण्द्दघ को रूपमा सम्मानित खल्ती आफ्नो सेवाको आठौँ वर्षमा छ। खल्तीमा देशभरिका ४० लाख भन्दा बढी प्रयोगकर्ताहरू, १ लाख + एजेन्ट, ६० हजार + मर्चेन्ट व्यबसायी , ५५+ बैंक तथा वित्तिय संस्था, १५००+ सहकारी र ३००+ कर्मचारी को परिवारमा रूपान्तरण भएको छ। सम्पूर्ण नेपालीहरूमा वित्तीय साक्षरता पुर्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवा मार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, सिनेमा, र इभेन्ट टिकट बुकिङ, बीमा शुल्क, इ–कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र अन्य थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराउँदै आएको छ।
खल्ती एप धधध.पजबतिष्.अयm÷बउउ बाट डाउनलोड गर्न सकिन्छ।
थप जानकारीको लागि, कृपया डिजिटल मिडिया संयोजक – अस्मिता सुवेदीलाई mभमष्ब२पजबतिष्.अयm मा सम्पर्क गर्नुहोला ।