माघ २६, काठमाण्डौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लि. ले आफ्नो तीसौं वार्षिक साधारण सभा सौहाद्रपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न गरेको छ । वानेश्वर थापागाउँ, स्थित वानेश्वर ब्याङक्वेटमा सम्पन्न उक्त साधारण सभामा शेयरधनीहरुको उल्लेख्य उपस्थिति थियो ।
विषम आर्थिक परिस्थितिको वाबजुद पनि कम्पनीले उल्लेख्य नाफा रु.४४ करोड ८५ लाख आर्जन गरी शेयधनीहरुलाई ६.३७ प्रतिशत बोनश शेयर र नगद लाभांश ८.६३ प्रतिशत गरी कुल १५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय भएकोमा शेयरधनीहरुबाट खुशी ब्यक्त गर्दै कम्पनीको उत्तरोत्तर प्रगतिको कामना गरिएको थियो ।
संचालक समितिका अध्यक्ष श्री महेन्द्र कृष्ण श्रेष्ठको सभापतित्वमा संचालित उक्त कार्यक्रममा संचालकज्यूहरु, प्रमुख कार्यकारी अधिकृत श्री विजय बहादुर शाह, कम्पनीका वरिष्ठ अधिकृतज्यूहरु तथा अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रमको अध्यक्ष श्री महेन्द्र कृष्ण श्रेष्ठले साधारण सभामा शेयरधनी महानुभावहरुले राख्नुभएको जिज्ञासा तथा सुझावहरुको जवाफ दिनु भएको थियो ।
मर्जर पछिका विभिन्न व्यवधानहरुको सामना गर्दै कम्पनीले हासिल गरेको उल्लेख्य प्रगति र चालु आर्थिक वर्षका सुचांकहरु समेत उत्साहजनक रहेकोले कम्पनीको नेतृत्व तथा सम्पूर्ण टिम प्रति अभार प्रकट गरिएको थियो । यसै क्रममा कम्पनीका तर्फबाट राखिएका विभिन्न प्रस्तावहरु पारित गरी कम्पनीको तीसौं वार्षिक सभा सम्पन्न गरियो ।