राष्ट्र बैंकको बोर्ड बैठक आज बस्दै, मौद्रिक नीति समीक्षा पारित गर्ने तयारी

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० माघ २९, सोमबार (१ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

माघ २९, काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति अर्धवार्षिक समीक्षामा छलफल गर्न सञ्चालक समिति बैठक बोलाएको छ । सोमबार साँझ कार्यालय समयपछि बस्ने गरी बोलाइएको बैठकमा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पनि छलफलको एजेन्डा रहेको राष्ट्र बैंक स्रोतले जनाएको छ ।

गभर्नर कार्यालय स्रोतका अनुसार साँझ ५ बजेपछिका लागि सञ्चालक समितिको बैठक बोलाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस