शेयर बजार दोहोरो अंकले बढ्यो, कारोबारमा शीर्ष पाँचभित्र पर्न सफल कम्पनीहरु हेर्नुहोस्

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० माघ २९, सोमबार (१ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

माघ २९,काठमाण्डौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १५ दशमलव ३३ अंकले उकालो लागेर दुई हजार एक सय एक दशमलव १६ मा उकालो लागेको छ ।

ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २४ अंकले उकालो लागेर तीन सय ७५ दशमलव ९९ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये १२ उपसमूहको सेयर मूल्यमा उकालो लागेको छ भने एक उपसमूहको सेयर मूल्य ओरालो लागेको छ ।

कूल एक करोड एक लाख आठ हजार एक सय २२ कित्ता सेयर तीन अर्ब ५८ करोड ६९ लाख ८४ हजार एक सय २८ मूल्यमा कारोबार भयो । नेप्सेका अनुसार कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको २३ करोड दुई लाख ३५ हजार चार सय ४९ बराबरको कारोबार भयो ।

यस्तै, एनआरएन इन्फास्टकचर १६ करोड ३० लाख २५ हजार एक सय ७६, एनआइसी एसिया बैंक १३ करोड ७७ लाख ४७ हजार तीन सय ९८, नेपाल इन्स्योरेन्स ११ करोड ३७ लाख तीन हजार दुई सय ९४ र सोनापुर मिनरल्स १० करोड २७ लाख ११ हजार सात सय २८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस