फागुन २,काठमाडौँ । आज बुधबार शेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ । आज नेप्से सूचक ५.९१ अंकले बढेर २०७६.५० को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका ३०२ कम्पनीका १ करोड २३ लाख ६३ हजार २७ कित्ता शेयर खरिद बिक्रीबाट ४ अर्ब २५ करोड २७ लाख २२ हजार ८ सय ९५ रुपैयाँ २६ पैसाको कारोबार भएको छ । जस मध्ये हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक १७ करोड १७ लाख तथा गुर्खाज फाइनान्सको १२ करोड ५९ लाखको कारोबार भएको छ ।
आज कारोबारमा आएका मध्ये नेपाल फाइनान्स, बोटलर्स नेपाल बालाजु, पाँचथर पावर कम्पनी, समाज लघुवित्त र जोशी हाइड्रोको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज कारोबारमा आएका मध्ये एनआईसी एसिया ब्यालेन्स फण्डको इकाई मूल्य सर्वाधिक ५.७६ प्रतिशत घटेको छ। त्यस्तै दोर्दी खोला जलविद्युतको शेयरको मूल्य ५,२० प्रतिशत, पिपुल्स पावर लिमिटेडको शेयर मूल्य ५.२० प्रतिशत, त्तहा कुठेली बुखरी स्मल हाइड्रोको शेयर मूल्य ४.८२ प्रतिशत घटेको छ ।
आज कारोबारमाआएका समुहगत सूचक मध्ये फाइनान्स समुह सर्वाधिक ६.५६ प्रतिशत बढेको छ ।आज कारोबारमा आएका मध्ये १११ कम्पनीको शेयर मूल्य घटेको छ भने १३२ कम्पनीको शेयर मूल्य बढेको छ ।