कात्तिक २५,काठमाडौँ । शान्ति र विकासका लागि विज्ञान भन्ने मान्यताका साथ सन् २००१ देखि सुरुभएको विश्व विज्ञान दिवस आज काठमाण्डौको बानेश्वरमा सम्पन्न गरिएको छ । पुर्व विज्ञान प्रविधि मन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका विज्ञान प्रविधि विभाग प्रमुख गणेश शाहको अध्यक्षतमा संचालन भएको कार्यक्रममा उक्त पार्टीका स्थानीय विभाग उपप्रमुख प्रकाश विकल्पको आथित्यता रहेको थियो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै कम्प्युटर एसोसिएसन नेपाल क्यानका पुर्व अध्यक्ष तथा नेपाल बैँक लिमिटेडका पुर्व आइटी प्रमुख सुरेस कर्णले नेपालले ज्ञानमा आधारित अर्थतन्त्रमा लगानी गरी शिक्षाको आधारभुत तहबाटै विकास गर्नुपर्ने विचार ब्यक्त गर्नुभयो । त्यस्तै अनुसन्धान तथा शिक्षा नेटवर्कका संयोजक डा. राजन पराजुलीले नेटवर्कले विश्वविद्यालयको सूचना प्रविधिको विकासमा महत्वपूर्ण योगदान दिदै आएको र उक्त संस्थाले १४० वटा देशमा आफ्नो नेटवर्क विस्तार गरी कार्य गर्दै आएको जानकारी गराए। पार्टी स्थानीय विभाग उपप्रमुख प्रकाश विकल्पले नेपालमा बैज्ञानिक आचरण र संस्कारको विकास गर्न अव नेतृत्वले पहलकदमी लिनु पर्ने कुरामा जोड दिए भने नयाँ विज्ञान प्रविधि नीतिको मार्गचित्र कोर्नुपर्ने कुरामा आफ्नु प्रतिवद्धता राखेका थिए ।
त्रिवि विज्ञान विभागका डिन डा. राम प्रसाद खतिवडा ले स्थानीय प्रविधिको विकास र उद्यमशीलताको विकास गर्दै लोक कल्याणकारी राज्यको विकासमा राजनीतिले जोड दिनुपर्ने बताए । विज्ञान प्रविधि विभागका सचिव आरके ढुंगानाले विज्ञान दिवसलाई एउटा राष्टिय उत्सवको रुपमा मनाउदै आगामी दिनमा विज्ञान विभागले दुरगामी महत्वका कार्यक्रम तथा परियोजनामा कार्य गर्दै जाने जानकारी गराए ।
सहभागीहरुले समावेसी प्रविधिको पक्षमा जोड दिदै प्रविधि र विज्ञानले आम जनताको जीबनशैलीलाई सहज बनाउनुपर्ने विचार ब्यक्त गरेका थिए भने कार्यक्रममा सभापतिको आसनबाट बोल्दै पुर्व विज्ञान प्रविधिमन्त्री गणेश शाहले पार्टीको डिजिटलाईजेसन, नेतृत्वको डिजिटलाईजेसन र उद्यमशीलताको लागि नेतृत्वले कार्य गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
कार्यक्रममा दलित गैर सरकारी संस्थाबाट युवराज वि.क., श्रीप्रसाद राई, मधु प्रसाद राई, कृष्णहरि बुढाथोकी, लता महत, अर्जुन विक्रम शाही, कोपिला पोख्रेल, डा. संगम खाइजु, द्रोण पराजुली, शिवहरी आचार्य, सुरेस कुमार कर्ण, विदित लम्साल, राजन पराजुली, जनक गिरि, सन्तोष विके, सिर्जना घिमिरे, दीपक कार्की, पदम जोशी, राम प्रसाद खतिवडा, खुसी पराजुली लगायतका ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।