माघ १६, काठमाण्डौ । प्रधामन्त्रीको कार्यालयले समय मागेपछि बिहीबार बसेको सार्वजनिक लेखा समितिको बैठक स्थगित भएको छ । प्रधानमन्त्रीको कार्यालयका अधिकारीले संसदीय समितिमा जवाफ दिन नसकेका हुन् ।
यती समूहलाई लिजमा दिइएको दरबारमार्गस्थित नेपाल ट्रष्टको जग्गा र गोकर्ण रिसोर्टबाट बिहीबार भएको छलफलमा प्रधानमन्त्रीको कार्यालय र नेपाल ट्रष्टका अधिकारीले समय मागेपछि बैठक स्थगित भएको हो । बैठकमा उपस्थित प्रधानमन्त्रीको कार्यालयका सचिव नारायणप्रसाद बिडारीले आवश्यक अध्ययन गर्न समय चाहिएको भनेपछि बैठक स्थगित भएको हो ।