नेकपा केन्द्रीय कमिटी बैठक : पन्ध्र ठाउँको छलफलले निकास पाउला त ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ माघ १६, बिहिबार (५ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

माघ १६, काठमाण्डौ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कमिटीको बैठक बुधबारबाट जारी छ । बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले प्रस्तुत गरेको पार्टीको विधानको विषयमा छलफल भइहरेको छ ।

नेकपाको कन्द्रीय सदस्यमा ठूलो टोली भएकाले १५ समूहमा विभाजन गरेर तीन ठाउँमा छलफल भइरहेको छ । राष्ट्रियसभागृह, पार्टी कार्यालय धुम्बारही र पेरिसडाँडामा छलफल भइरहेको छ । राष्ट्रिय सभागृहमा ८, धुम्बारहीमा ३ र पेरिसडाँडामा ४ समूहको छलफलमा छन् । राजनीतिक प्रतिवेदन, सांगठानिक र विधान संशोधन प्रस्तावमाथि छलफलमा जुटेका छन् । नेपाल–भारत सीमा विवाद, अमेरिकी सहयोग एमसीसी, यती प्रकरण, सरकारका कमजोरी र पार्टी एकताका बाँकी कामका विषयमा पनि छलफल भइरहेको नेकपाको केन्द्रीय सदस्य पासाङ शेर्पाले बताए । बिहीबारबाट सुरु भएको छलफलको शुक्रबार १ बजे सबै समूहले निष्कर्ष दिनुपर्ने भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस