माघ १६, काठमाण्डौ । स्वतन्त्र विद्यार्थी युनियनको आसन्न निर्वाचनले देशभरिकै क्याम्पसहरूको माहोल तातिरहेको बेला विद्यार्थी सङ्गठनहरूकै अर्कमण्यताका कारण चुनाव हुने/नहुनेबारे फेरि पनि आशङ्का पैदा भइरहेको छ । स्ववियु यस्तो थलो होस जहाँबाट प्रमुख राजनीतिक दलरूले होनहार कार्यकर्ता र नेता पाइरहेको इतिहास छ ।
निरङ्कुश राजतन्त्रात्मक शासन प्रणाली भएको समयमा पनि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने गर्दथ्यो ।
राजनीतिक परिर्वतनका कारण ०४७ सालमा नभएको स्ववियु निर्वाचन देश बहुदलीय व्यवस्थामा प्रवेश गरेसँगै लामो समयसम्म सम्पन्न हुन सकेन । यसको मुख्य कारण विद्यार्थी सङ्गठनले आफ्ना मूल मुद्दालाई लात मारी राजनीतिक मुद्दामा ध्यान केन्द्रित गर्दै गुण्डागर्दी, अनुशासनहीनता, अराजकता तथा अनियमितताजस्ता कुरामा सङ्गठन र कार्यकर्तालाई लिप्त बनाई राख्नु रहेको बताइन्छ ।
एक समय राजनीतिक आन्दोलनमा प्रमुख भुमिका खेलेका विद्यार्थी संगठनहरू आन्तरिक किचलो, झै–झगडा, गुन्डागर्दीमा आफ्नो सम्पूर्ण समय व्यतीत गरेकाले उनीहरूको पक्षमा अनुकुल चुनावी वातावरण नबन्ने हुँदा चुनाव नै गराउन चाहँदैनन् भन्ने आम विद्यार्थी तथा सरोकारवालाहरूको बुझाइ रहेको पाइन्छ ।
स्ववियु निर्वाचन त्रिविको कार्यतालिका अनुसार नै शत प्रतिसत हुन्छ भन्ने आकालन नेकपा निकट अनेरास्ववियुले गरेको छ । । त्रिविले सम्बन्धित सबै पक्षसंग छलफल गरिसकेको छ ।
सुदेश पराजुली, पूर्वसचिव, अनेरास्ववियु
स्ववियु निर्वाचन हुन्छ त ? भन्ने प्रश्नमा उनले भने –
“स्ववियु निर्वाचन गर्ने उपयुक्त समय अहिले नै हो । हाम्रो सङ्गठनको पहिलो एकता बैठकबाट नै देशभरका आङ्गिक, सामुदायिक र निजी क्याम्पसमा स्ववियु निवार्चन गराउनै पर्छ भन्ने आह्वान गरेका छौँ । ०६२÷०६३ सालको जनआन्दोलन पश्चात विद्यार्थीहरूले उत्साह, उमंग तथा जोश, जाँगरका साथ चुनावमा सहभागी हुन पाएका छैनौं । अब जोश, जाँगर, उमंग र उत्साहपूर्ण तरिकाले चुनावमा लाग्नु पर्छ र चुनाव सम्पन्न गराउनु पर्छ । यसले हाम्रो शौक्षिक, राजनीतिक तथा सामुदयिक रक्षाका एजेण्डालाई क्याम्पस क्याम्पसमा स्थापित गराउँछ र विद्यार्थी आन्दोलन र उपलब्धि माथि जनस्तरमा उठेका गलत दृष्टिकोणलाई चिरफार गर्ने मौका पनि मिल्छ । यसले विद्यार्थीमा महत्वपूर्ण सन्देश लैजान्छ । यो निर्वाचन आवश्यक छ, गर्नुपर्छ ।”