गुटले पार्टी खायो भन्दै ओलीसामु केन्द्रीय सदस्यको चिन्ता

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ माघ १८, शनिबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

माघ १८, काठमाण्डौ । अहिलेको स्थितिमा नेकपाले पार्टी, नेता कार्यकर्ता र जनताको जिम्मा कसरी लिन सक्छ ? हाम्रो जीवनशैली र रहनसहन सुधार्न चाहेनौँ भने अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको नकारात्मकतासँग नेकपाको भविष्य नजोडिएला भन्ने ग्यारेन्टी के छ ?

सत्तारूढ नेकपाको पार्टी केन्द्रीय समिति बैठकमा शुक्रबार समूह नेता बनेर रिपोर्टिङ राख्ने क्रममा युवा नेता लेखनाथ न्यौपानेले उठाएका प्रश्न हुन् यी । उनले गुटले पार्टीलाई भित्रभित्रै खाइसकेको भन्दै शीर्ष नेतृत्वले नै दिवंगत भइसकेका राष्ट्रिय र अन्तर्राष्ट्रिय नेताका नाममा गुट परिचालन गरिरहेको बताए ।

पार्टी अध्यक्षके राजनीतिक प्रतिवेदनमा अनुशासनको स्थान गुट अनुशासनले लिन थालेको उल्लेख भएको उनको भनाइ छ । गुटले पाटो खायो । यो पार्टी हो कि होइन अब थाहा भइहाल्छ । गुटको नेतृत्व माथिबाट भयो । गुट परिचालन
मरेका राष्ट्रिय अन्तर्राष्ट्रिय नेताहरूका नाममा भइरहेका छन् । त्यसको मूल्यांकन कसरी गर्ने रुु न्योपाने प्रश्न गरे । अन्नपूर्ण पोस्टमा खबर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस