पत्रकार बन्न लाइसेन्सको प्रावधानप्रति प्रेस युनियनको आपत्ति

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ माघ १८, शनिबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

माघ १८, काठमाण्डौ । नेपाल प्रेस युनियनले पत्रकारको लाइसेन्सको लागि हुने परीक्षाको औचित्य नभएको बताएको छ । युनियनका महासचिव अजयबाबु सिवाकोटीद्वारा जारी विज्ञप्तिमा सरकारले परीक्षा लिने गरी कुनै पनि निकाय खडा गर्ने पक्षमा वकालत गर्न नसकिने उल्लेख छ। प्रेस युनियनले नागरिकको मौलिक हक र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी ल्याउन लागेको प्रावधान सञ्चाउन माग गरेको छ ।

मिडिया काउन्सिल विधेयकमा केहि संसोधन गर्न तयार रहेको सरकारले सञ्चारकर्मीहरुलाई लाइसेन्स लिनुपर्ने गरी ल्याउन लागेको नयाँ व्यवस्थाप्रति युनियनले आपत्ति जनाएको हो । संविधानको मर्मविरुद्ध गएर कानुन बनाउन सत्तारुढ दलको बहुमत रहेको संसद उद्यत रहनु दुःखद भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस