नेकपाको केन्द्रीय कमिटी बैठक : भ्रष्टाचारीलाई मृत्युदण्डको व्यवस्था गर्न माग

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ माघ १८, शनिबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

माघ १८, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक बुधबारबाट जारी छ । समूहगत रूपमा छलफलपछि समूह नेताले आआफ्नो समूहबाट उठेका विषयवस्तु राख्ने क्रम जारी छ । शनिबार समूह नम्बर ५ का टोलीको टोली नेता ठाकुर गैरेले भ्रष्टाचारीलाई मृत्युदण्डको व्यवस्था गर्न माग गरेका छन् । समूहको तर्फबाट उठेका विषयवस्तुलाई राख्ने क्रममा गैरेले भ्रष्टाचारीलाई मृत्युदण्डको व्यवस्था गर्न माग गरेका हुन् ।

नेपालमा पछिल्लो समयमा मौलाएको भ्रष्टाचार नियन्त्रण गर्नका लागि अरू विकल्पबाट न्यूनीकरण गर्न नकसक्ने भन्दै मृत्युदण्ड दिनुपर्ने सवाल उठेको प्रष्टाए । नेपालको संविधानमा मृत्युदण्डको व्यवस्था नरहेको भएपनि यस्तो कानुन निर्माण गरेरै भए पनि यो व्यवस्था लागू गर्न माग गरेका छन् । सार्वजनिक पद र सार्वजनिक सम्पत्तिमाथि कब्जा जमाउने र विभिन्न क्रियाकलापमा भ्रष्टाचार वृद्धि भएको ठहर गर्दै यस्तो माग गरेका हुन् । नेपाल संघीयतामा गएपछि स्थानीय, प्रदेश र संघीय सरकार निर्माण भएको छ । तीन तहको सरकारबाट पनि भ्रष्टाचार मौलाउँदै आएको आरोप लाग्दै आएको छ । उनीहरूले यती होल्डिङ्सको जग्गा भाडामा भएको अनियमितता, बालुवाटार जग्गा प्रकरणको बारेमा पनि तत्काल छानविन गर्नुपर्ने माग गरेका छन् । ठुला प्रकरणमा सरकारका मन्त्रीहरु, पार्टीका नेताकै संलग्नता भएको खुलन आएपछि यसबारे सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस