स्ववियु निर्वाचनमा धमाधम उम्मेदवार छानिँदै, विद्यार्थी संगठनलाई निर्वाचन लाग्यो !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ माघ २०, सोमबार (५ साल अघि)
  • ६५ पटक पढिएको
Post Thumbnail

माघ २०, काठमाण्डौ । विद्यार्थी संगठनहरु स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावमा होमिएका छन्। विद्यार्थी संगठनहरुले फागुनमा हुने स्ववियु चुनावका लागि धमाधम उम्मेदवार छनोट गर्न थालेका छन् ।

उनीहरुले फागुन १४ मा हुने चुनावका लागि विभिन्‍न कलेजबाट उम्मेदवार चुनिरहेका छन् । स्ववियु निर्वाचनले क्याम्पसहरुमा राजनीतिक माहोल तातिएको छ । चर्को आन्तरिक विवादमा फसेको कांग्रेसको भातृ संगठन नेविसंघ पनि निर्वाचनमा होमिइसकेको छ । चुनाव मुखैमा आएपछि विद्यार्थीहरु आफ्नो संगठनलाई जिताउन कम्मर कसेर लागेका छन् ।

नेकपा सम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियूका केन्द्रीय नेता सुदेश पराजुलीले कलेजबाट स्ववियुका लागि उम्मेदवार छनोट भइसकेको बताए । उनका अनुसार स्ववियु सभापतिको दाबेदारका लागि रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) क्याम्पसबाट संगम देवकोटा, पशुपति क्याम्पसबाट ललेन्द्र राई, ल क्याम्पसबाट विशेष सुवेदी र शंखरदेव क्याम्पसबाट आशीष लिम्बु मैदानमा देखिएका छन्। त्यस्तैगरी पाटन बहुमुखी क्याम्पसबाट निरज सापकोटा,पृथ्वी नारायाण क्याम्पस पोखराबाट सन्तोष न्यौपाने, स्वारस्वाती बहुमुखी क्याम्पसबाट पवन भण्डारी,पद्मकन्या क्याम्पसबाट संगीता रेग्मी चर्चामा रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस