कांग्रेस सांसद पार्वता डिसीमाथि ठगीको आरोप !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ माघ २१, मंगलबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

माघ २१, काठमाण्डौ । नेपाली कांग्रेसकी सांसद पार्वता डिसी चौधरीमाथि ठगीको आरोप लागेको छ। सांसद डिसीमाथि पीडित भनिएका लीलाबहादुर थापा र कृष्णराज पाण्डेले ८ लाख रुपैयाँ ठगेको भन्दै संसद् सचिवालयमा उजुरी दिएपछि उक्त घटना सार्वजनिक भएको हो। उनीहरूले सोमबार उजुरी दिएका हुन् ।

सांसद चौधरीले २०७४ सालमा तीन लाख र पाँच लाख रुपैयाँ गरी कूल आठ लाख रुपैयाँ लिए पनि अहिलेसम्म फिर्ता नगरेपछि उजुरी दिनु परेको पीडित थापा र पाण्डेले जनाएका छन्। पीडित भनिएका थापा र पाण्डे दाङका नेपाली कांग्रेसका कार्यकर्ता हुन् । गढवा गाउँपालिका, दाङका उपसभापतिसमेत रहेका पाण्डेले एभरेष्ट बैंकमा रहेको सांसद चौधरीको खातामा २०७४ साल असोज २६ गते तीन लाख रुपैयाँ जम्मा गरेको तथा कांग्रेस क्रियाशील सदस्यसमेत रहेका लीलाबहादुरले २०७४ साल असोज १७ गते सांसद चौधरीकी छोरीको लक्ष्मी बैंकमा रहेको खातामा पाँच लाख रुपैयाँ जम्मा गरेको उजुरीमा उल्लेख गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस