नेकपाको केन्द्रीय कमिटी बैठकपछि विभाग सक्रिय बन्यो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ माघ २२, बुधबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

माघ २२, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक सम्पन्न भएपछि पार्टीका विभिन्न विभाग सक्रिय भएका छन् । विभागहरू क्रियाशील भएर आआफ्नो काम थालनी गरिसकेका छन् । त्यसमध्येका सङ्गठन विभाग केन्द्रीय कमिटीको बैठक सकिएको भोलिपल्ट नै बैठक बसेर आफ्ना काम सुरु गरिसकेको छ ।

विभिन्न प्रदेश तथा जिल्लामा देखिएका विवाद समाधान गर्न विभागलाई सक्रिय गरिएको छ । त्यसका लागि विभागका प्रमुख वामदेव गौतम स्वयं आफैँ सक्रिय भएका छन् । केन्द्रीय कमिटीले प्रदेश, जिल्ला तथा पालिकामा पार्टीभित्र देखिएका विवाद मिलाउने जिम्मेवारी सङ्गठन विभागलाई दिएको छ । जिम्मेवारी पाउने बित्तिकै त्यसका लागि कामहरू सुरु भएको जानकारी दिइएको छ । पार्टी एकताको विषयमा तल्लो तहमा केही ठाउँमा विवाद देखिएको छ । त्यसलाई समाधान गर्न विभाग योजनाबद्ध तरिकाबाट अगाडि बढ्ने निर्णय गरेको विभागका सदस्य हरिराज अधिकारीले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस