अल्पमत र बहुमतको भ्रम कसैले नपाल्दा हुन्छ : प्रधानमन्त्री ओली

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ माघ २२, बुधबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

माघ २२, काठमाण्डौ । प्रधानमन्त्री तथा नेपाल कम्इुनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा नेकपाले दुई तिहाइ मत ल्याउने दावी गरेका छन् । उनले अखिल नेपाल महिला स्रघको एकता घोषणा तथा शपथ ग्रहण कार्यक्रमममा यस्तो दावी गरेका हुन् ।

प्रधानमन्त्रीले समानतासहितको समृद्धिको लागि सरकारले गष्रेका कामका आधारमा निर्वाचनमा दुई तिहाइ ल्याउने बताए । उनले कार्यकर्तालाई एकताबद्ध भएर अगाडि बढ्न निर्देशन दिंदै भने,‘एकताबद्ध भएर जनतामा जानुस् । त्यसो भए आागमी निर्वाचनमा दुई तिहाइ बहुमत ल्याउनबाट कसैले रोक्न सक्ने छैन ।’

अध्यक्ष ओलीले पार्टीको आन्तरिक विवादका विषयमा समाचारमा आएजसरी अल्पमत र बहुमत नभएको स्पष्ट पारे । उनले भने, ‘पार्टीमा सबै निर्णय तथा कार्य सहमतिका आधारमा भइरहेका छन् । अल्पमत र बहुमतको भ्रम कसैले नपाल्दा हुन्छ ।’ गोरखापत्र दैनिकमा खबर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस