माघ २३, काठमाण्डौ । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेपछि नेपाली कांग्रेसले आकस्मिक बैठक बसिरहेको छ । गच्छदारमाथि मुद्दा दायर भएपछि राजनीतिक रुपमा कसरी प्रस्तुत हुने विषयमा छलफल गर्न देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । अहिले देउवा निवास बुढानिलन्ठमा जारी बैठकमा कानुन व्यवसायी पनि संललग्न गरेका छन् ।
ललिता निवासको जग्गा किनबेचमा संलग्न भएको आरोपमा गच्छदारसहितका नेता तथा कर्मचारीहरुलाई अख्तियारले मुद्दा दायर गरेको छ । अख्तियारले भूमिसुधार मन्त्रीको हैसियतमा मन्त्रिपरिषदमा पेश गरेको निर्णयले सरकारी जग्गा व्यक्तिको भएको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले गच्छदारविरुद्ध ९ करोड ६५ लाख भ्रष्टाचार गरेको दाबी गरेको छ । गच्छदारलाई मुद्दा दर्ता गरेको विषयमा नेपाली कांग्रेसका नेताहरुले विभिन्न खाले प्रतिक्रिया दिएका छन् । कांग्रेस नेताहरुले नेकपाका नेता तथा पुर्वप्रधानमन्त्री माधवकुमार नेपाल, विष्णु पौडेललाई उन्मुत्ति दिइएको भन्दै विरोध जनाएका छन् ।