माघ २४, काठमाण्डौ । सूचना तथा सञ्चारप्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चीनमा रहेका विद्यार्थीलाई सकुशल नेपाल ल्याउने तयारी भइरहेको जानकारी दिए ।
विहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले ‘त्रिभूवन अन्र्तराष्ट्रिय विमानस्थल वा नेपाल प्रवेश गर्ने स्थलगत नाकामा रहेका स्वास्थ्यकर्मीलाई नेपाल प्रवेश गर्ने कुनै यात्रीलाई नोबल कोरोना भाइरसको शंका लागेमा वा सो भाइरस पैmलन वा अन्यलाई सर्न नदिन आवश्यक व्यवस्थाको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको अस्पताल वा स्थानमा व्यवस्थित रुपमा राखिने व्यबस्था गरेको छ’ उनले भने ।