विकासमा बागमतीको बजेट खर्च निराशाजनक, तलबभत्तामा दोब्बर खर्च !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० माघ २९, सोमबार (१ साल अघि)
  • १९ पटक पढिएको
विकासमा बागमतीको बजेट खर्च निराशाजनक, तलबभत्तामा दोब्बर खर्च !

माघ २९, काठमाण्डौँ । चालु आर्थिक वर्षको ६ महिनामा बागमती प्रदेश सरकारको विकास बजेट खर्च निराशाजनक देखिएको छ । चालु आर्थिक वर्ष ०८० ८१ को ६ महिनामा प्रदेश सरकारको पुँजीगत अर्थात् विकास बजेट खर्च १३ प्रतिशत मात्रै छ । तलबभत्ता र कार्यालय व्यवस्थापनमा भने विकास खर्चको तुलनामा झण्डै दोब्बर खर्च भएको छ ।

बागमती देशका सात प्रदेशहरुमध्ये सबैभन्दा ठूलो आकारको बजेट ल्याउने र बढी आम्दानीको स्रोत भएको प्रदेश हो । बागमती प्रदेशले ६२.७० अर्बको बजेटमा चालुतर्फ २६.०७ अर्ब र पुँजीगततर्फ २१.६६ अर्ब बजेट विनियोजन गरेको थियो । तर, विकास बजेट खर्चमा बागमती सुरुवाती वर्ष अर्थात् २०७५र७६ देखि नै कमजोर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस