कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन २२, मंगलबार (१ साल अघि)
  • २२ पटक पढिएको
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्ने

फागुन २२, काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक मंगलबार बस्ने भएको छ । बैठक सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा अपराह्न ३ बजेका लागि बोलाइएको छ ।

देउवाले सोमबार बिहानका लागि बोलाएको पदाधिकारी बैठक राजनीतिक ‘उथलपुथल’का कारण बस्न सकेको थिएन । प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ गठबन्धन बनाएपछि कांग्रेस सहितको गठबन्धन टुटेको थियो । संक्षिप्त प्रतिक्रिया दिँदै सभापति देउवाले प्रधानमन्त्री दाहालबाट धोका भएको बताएका थिए । सत्ताबाट बाहिरिएसँगै उनले कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।

बैठकमा सत्ताबाट बाहिरिएपछिको विशेष परिस्थितिबारे छलफल हुने बताइएको छ । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठकमा समसामयिक विषयमा छलफल हुने जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस