नेकपा एमालेले मागेका ७ मन्त्रालय कुन-कुन हुन् ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन २२, मंगलबार (१ साल अघि)
  • ३६ पटक पढिएको
नेकपा एमालेले मागेका ७ मन्त्रालय कुन-कुन हुन् ?

फागुन २२, काठमाडौँ । नेकपा एमालेले ७ मन्त्रालयमा दाबी गरेको छ । एमालेबाट ०७९ पुस ११ गतेबाट बनेको सरकारमा ५ मन्त्रीहरू थिए । सात दलीय गठबन्धन भएको त्यो बेला राप्रपा पनि सरकारमा सहभागी थियो ।

तर अहिले राप्रपा सरकारमा छैन । सोमबार बनेको नयाँ गठबन्धनमा ४ दल सहभागी छन् । तर लोसपा र एकीकृत समाजवादीलाई पनि सरकारमा ल्याउने प्रयत्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरिरहेका छन् ।

पुस ११ मा एमालेबाट विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री थिए । यस्तै परराष्ट्रमा विमला राई पौड्याल, स्वास्थ्य तथा जनसङ्ख्यामा पदम गिरी, महिला तथा बालबालिकामा भगवती चौधरी र रक्षामा हरि उप्रेती मन्त्री भएका थिए ।

हाल एमालेले थप २ मन्त्रालय दाबी गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस