कोशीका मुख्यमन्त्रीले राजीनामा नदिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन २३, बुधबार (१ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

फागुन २३, विराटनगर । पहिलेभन्दा फरक गठबन्धन बनेर केन्द्रमा सत्ता समीकरण बनेपछि त्यसको प्रत्यक्ष असर प्रदेशको राजनीतिमा पनि परेको छ । यससँगै कोशी प्रदेशमा नेपाली कांग्रेसबाट विद्रोह गर्दै नेकपा एमालेका सांसदहरुको समेत समर्थनमा मुख्यमन्त्री बनेका केदार कार्की नेतृत्वको सरकार अब के होला भन्ने चासो बढेको छ ।

एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कार्की विश्वासको मत लिएपछि कांग्रेस–माओवादी गठबन्धनकै साथ लागेका थिए । त्यहीबेला देखि चिडिएको एमालेले नयाँ गठबन्धनमा सामेल भए लगत्तै मुख्यमन्त्री कार्कीको राजीनामा माग गरिसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस