देउवा र माधव नेपालबीच भेटवार्ता, केके भयो कुराकानी ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन २३, बुधबार (१ साल अघि)
  • २० पटक पढिएको
देउवा र माधव नेपालबीच भेटवार्ता, केके भयो कुराकानी ?

फागुन २३, काठमाण्डौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भेट्न कोटेश्वर पुगेका छन् ।

बिरामी भएर घरमै स्वास्थ्यलाभ गरिरहेका अध्यक्ष नेपाल भेट्न सभापति देउवा, प्रमुख सचेतक रमेश लेखक र देउवापत्नी आरजु राणा देउवा बुधबार बिहान करिब १० बजेतिर अध्यक्ष नेपाल निवास कोटेश्वर पुगेका हुन् ।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य मोहन गौतले दिएको जानकारीअनुसार कांग्रेस प्रमुख सचेतक रमेश लेखकले मंगलबार साँझ नै देउवा आउन लागेको सन्देश पठाएका थिए । राजनीतिक समीकरण बदलिएसँगै नेताहरूको दौडधुप जारी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस