संघीय संसद्का दुवै सदनको बैठक बस्दै, के-के छन् कार्यसूचीहरु ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन २४, बिहिबार (१ साल अघि)
  • २१ पटक पढिएको
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, के-के छन् कार्यसूचीहरु ?

फागुन २४, काठमाडौँ । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । यसअघि सूचना टाँसेर स्थगन भएको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्न लागेको हो ।

प्रतिनिधिसभा ११ बजे र राष्ट्रियसभाको बैठक १ः१७ बजे संघीय संसद् भवनमा बस्ने संसद् सचिवालयले जानकारी दिएको छ ।
प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्र पढेर सुनाउने र महिला तथा सामाजिक मामिला समिति सभापति किरण कुमार शाहले ‘महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन’ पेस गर्ने सम्भावित कार्यसूची छ ।

राष्ट्रियसभाको बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति र कार्यभारसम्बन्धी पत्रबारे जानकारी गराउने, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोक सेवा आयोगको ६४औँ वार्षिक प्रतिवेदन’ पेस गर्ने सम्भावित कार्यसूची छ ।

ताजा अपडेट

खोजी गर्नुहोस