पुनर्गठित मन्त्रिपरिषद्को पहिलो बैठक, के भयो निर्णय ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन २४, बिहिबार (१ साल अघि)
  • २० पटक पढिएको
पुनर्गठित मन्त्रिपरिषद्को पहिलो बैठक, के भयो निर्णय ?

फागुन २४, काठमाण्डौँ । पुनर्गठित मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारमा बसेको छ । बिहीबार बिहान मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारमा बसेको हो ।
बैठकले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई नेपाल सरकारको प्रवक्ता तोक्ने निर्णय गरेको छ ।

त्यसैगरी संयुक्त राष्ट्रसंघको महिलासम्बन्धी आयोगको ६८ औं सत्रमा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीलाई स्वीकृति दिने निर्णय गरेको छ । बैठकमा प्रधानमन्त्री प्रचण्डले नव नियुक्त मन्त्रिहरुलाई धन्यवाद दिएका एक मन्त्रीले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस